News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीलाई सामान्य तलब पनि दिन सकेनौं : गगन थापा 

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय कर्मचारीलाई सामान्य तलब पनि दिन नसकेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीका अवसरमा काठमाडौंको जीपी कोइराला मेमोरियल कजेलमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विद्यालय कर्मचारीलाई सामान्य तलब पनि दिन नसकेको बताएका हुन् ।

‘हामीले बजेटमा विद्यालय कर्मचारीको सामान्य तलबको व्यवस्थापन गरेनौँ,’ उनले भने । विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न नसकिएको बताउँदै थापाले संविधान निर्माण भएर संघीय व्यवस्थामा गइसकेपछि पनि शिक्षाको व्यवस्थापन गर्ने आधारभूत कुराबाट राज्य चुकिरहेको बताए ।

थापाले तत्काल संघीय शिक्षा ऐन ल्याएर विद्यमान समस्याको समाधान गर्न सुझाव दिए ।

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:५५
Weather Update