बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने
काठमाडौं— बाग्मती प्रदेश सभाको बैठक बस्दै छ । आजबाट बजेटमाथिको छलफल सुरु हुने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा र सत्तापक्षबीच सहमति नजुट्दा आइतबार बैठक चल्न सकेन ।
विपक्षी दलको अवरोधका कारण स्थगित बैठक आज बिहान ११ बजेदेखि बस्नेगरी बोलाइएको छ ।
प्रवक्ता गुप्ताका अनुसार आइतबार सभामुख पाठकले सदन खुलाउने विषयमा दलहरूसँग छलफल गरेका थिए ।
प्रदेश सरकारले असार १ गते नै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ०९:४७