
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य ५० रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, राजमा सिमी ९०, भटमासकोशा ९०, मकै बोडी ७०, तितो करेला ८०, लौका ६०, परवल लोकल ८०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ४०, घिरौंला ७०, भिण्डी ९०, स्कूस ५०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २४०, कुरीलो २००, ब्रोकाउली ५०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।
तोरीको साग ४०, रायो साग ८०, हरियो प्याज ९०, हरियो लसुन ९०, धनियाँ २८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
फूजी स्याउ केजीको ३००, तरबुजा हरियो ८०, मालदह आँप ७०, मौसम २२०, अंगुर हरियो ३८०, मेवा १३०, लिची नेपाली १००, अनार ३८०, केरा दर्जनको १४०, किवि ८५० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएकाे छ ।