भारतबाट प्रतिसिलिन्डर कति रुपैयाँ घटेर आयो ग्यासको मूल्य ?

काठमाडौं— भारतबाट खाना पकाउने एलपीजी ग्यासको मूल्य घटेर आएको छ ।
नेपाल आयल निगमले जनाएअनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय ६१ रुपैयाँ घटाएर पठाएको छ ।
आईओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ । डिजेलमा प्रतिलिटर दुई रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ ।
नयाँ मूल्यअनुसार १५ दिनमा एक अर्ब ६० करोड रुपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए ।
अब आन्तरिक बजारमा भने पेट्रोलियम पदार्थको मूल्य के हुनेछ भन्नेबारे निगम सञ्चालक समितिले छलफल गर्ने उनकाे भनाइ छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ०५:५९