
असार १८ गते सोमबार । असार शुक्ल पूर्णिमा तिथि । पञ्चाङ्ग ब्रह्म विष्टि । भद्रा मूल । गुरु पुर्णिमा व्रत । व्यास जयन्ती । आज पूर्णिमा व्रत । सोमबार शिव भगवान्को दर्शन गर्ने दिन । यस्तो छ राशिफल ।
मेष
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।
वृष
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् ।
यो पनि पढ्नुहोस
मिथुन
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
कर्कट
सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ ।
सिंह
परिवारको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । व्यापारबाट पनि फाइदा हुनेछ । साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।
कन्या
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।
तुला
सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन् ।
वृश्चिक
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका स्र्रोतहरु फेला पर्नेछन् । साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ ।
धनु
व्यापारबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।
मकर
पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
कुम्भ
धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।
मीन
पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।