![घामपानी सहेर विद्यालय कर्मचारी अनशनमा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/bidhyalay-karmachari-maaitighar (3)1688303478.jpg)
काठमाडौं— सामुदायिक विद्यालयका कर्मचारीहरु एक महिनादेखि काठमाडौंको माइतीघरमा आन्दोलित छन् । आन्दोलनका विभिन्न कार्यक्रमहरू गर्दै आएका उनीहरूले रिले अनशन थालेको पनि हप्तौं भइसक्यो ।
असारको बेला रोपाइँमा व्यस्त हुनुपर्ने विद्यालय कर्मचारीहरु सरकारकाे कारण माइतीघरको सडकमा अनशनमा बसिरहेका छन् । घाम लाग्दा तातो र पानी पर्दा चिसो सडक बस्नुपर्दाको पीडा उनीहरूलाई मात्र थाहा छ ।
तलब, सेवासुविधा वृद्धि र पेसागत स्थायित्वको माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीहरुको माग सम्बोधन गर्न सरकार गम्भीर छैन । पानी पर्दा माइतीघरमा उनीहरु बोरा,छाता ओढेर अनशन बसिरहेको तस्बिरमा देख्न सकिन्छ ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । कर्मचारी परिषद् र सरकारबीच दुईपटक वार्ता भए पनि निष्कर्षविहीन भएको छ ।