सरकार ! विद्यालय कर्मचारी पछाडि हट्नेवाला छैन : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले पछाडि नहट्ने बताएका छन् ।
एक महिनादेखि काठमाडौंमा आन्दोलन गरिरहेको परिषद्ले सरकारसँग वार्ता भए पनि सहमतिमा पुग्न नसकेको जनाएको छ । सरकारी वार्ता टोली विद्यालय कर्मचारीका मागप्रति गम्भीर नदेखिएको परिषद्को भनाइ छ ।
घामपानी नभनी आन्दोलन गरिरहेका उनीहरुले केही दिनभित्रै माग पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
अध्यक्ष तिवारी भन्छन्,‘ सरकार, अब विद्यालय कर्मचारीहरु जागे आफ्नो सेवा सुविधाका लागि । अब पछाडि हट्नेवाला छैनन् ।’
सरकारले वार्तामा बोलाउने तर माग पूरा गर्न तयार नहुने प्रवृत्तिले विद्यालय कर्मचारी आजित छन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० ०७:४१