शाही शासन !
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाडौं— प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।
जिल्ला प्रसाशण कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।
धरौटी नबुझाएपछि उनीहरूलाई केन्द्रीय कारागार पठाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टका अनुसार धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका हुन् ।
७ चैतमा नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उनीहरूले नाराबाजी गरेका थिए ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १४:२५














