News Griha :: न्यूजगृह
हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् — देशमै मनग्ये अवसर छ

मुगु—  देशमा अवसर नपाएको र आर्थिक मन्दीले गर्दा केही हुन नसकेको भन्दै विदेशिने युवाहरूका लागि मुगुकी एक युवती चुनौती बनेकी छन् ।

गाउँठाउँमा लाज नमानी काममा हात हाले सम्भावनाको अथाह खानी नेपालमा नै छ भन्ने प्रमाण पनि उनले पेश गरेकी छन् । सोरु गाउँपालिका वडा नम्बर १० धैन की हरिदेवी बूढा कुनै बेला गाउँघरमा नै गरीब भनेर हेपिँदै आएकी थिइन् । तर मेहनतले अहिले उनको भाग्य चम्किएको छ । एक सामाजिक संस्थाबाट पाएको ४५ हजार रुपैयाँले उनको अवस्था बदलिएको हो ।

goat farm1688221152.JPG

२ वर्ष पहिला बाख्रापालनको लागि अनुदानमा सहयोग स्वरुप पाएको ४५ हजारले ७ बाख्रा किनेर व्यवसाय सुरु गरेकी उनीसँग अहिले १७ बाख्रा छन् । आर्थिक अवस्था बलियो बनेपछि दङ्ग परेकी बूढा भन्छिन्, ‘राम्रो निकायबाट सपोर्ट भएपछि मेहेनत गर्दा विदेश किन जानु पर्यो आफ्नै गाउँघर नै विदेश हुँदो रहेछ । अब यही बाख्रापालनलाई नियमित व्यवसाय बनाउने बूढाको भनाइ छ । 

goat farm-mugu-haridevi-husband1688221152.JPG

बूढाका श्रीमान पनि हिजो आज निकै खुशी छन । बिहान उठ्ने बित्तिकै बाख्राको लागि घाँस दानामा व्यस्त देखिन्छिन्  । उनी भन्छिन्, ‘हामी गरिब कहाँ अनुदान पाउने थियौ र जुनसुकै विकास आए पनि टाठाबाठालाई हुन्छ । स्थानीय सरकारबाट कुनै सहयोग नपाएका हामी यही बाख्रापालेर जीवन चलाउने अवस्थामा पुगेका छौं । ’ 

उनले बाख्रापालनबाट घर खर्च चलाएर सावा उक्त संस्थालाई फिर्ता गरिसकिन् ।  स्थानीय मूल्य अनुसार अहिले बाख्रापालक किसान बूढासँग २ लाख ५० हजार भन्दा बढी मूल्यका बाख्रा खोरमा छन । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १९:५९
Weather Update