News Griha :: न्यूजगृह
कांग्रेस नेता कोइरालाको गगनलाई प्रश्न– तपाईं र शेरबहादुरमा के फरक छ ?

काठमाडौं— नेपाली कांग्रेस नेता ताराबहादुर कोइरालाले महामन्त्री गगन थापालाई ‘तपाईं र सभापति देउवामा के फरक छ ?’ भनेर प्रश्न गरेका छन् । 

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको पहिलो सम्मेलनमा नेता कोइरालाले भने, ‘रूपान्तरणको नारा दिनुहुन्छ । कहिलेकहिले केको नारा हामी पत्याएर पछि लाग्छौँ । नाराले मात्र शेरबहादुर प्रवृत्ति अन्त्य हुँदैन । तपाईं र शेरबहादुर देउवामा के फरक– हामी कसरी देख्ने तपाईं ? महाधिवेशनमा तपाईंका नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने । टिकटमा तपाईंका भरौटे चाहिने, शेरबहादुरलाई पनि त्यस्तै चाहिने । तपाईं र शेरबहादुरमा कसरी फरक देख्ने ?’

कोइरालाले गगन थापाको रूपान्तरण अभियानप्रति पनि प्रश्न उठाउँदै चिल्लो अनुहार देखाउँदैमा कांग्रेस रूपान्तरण नहुने बताए । उनले भने, ‘फरक हुने हो भने गुण्डा र डनको संरक्षण गर्दिन भन्नुस् । भ्रष्टाचार गर्दिन भन्नुस् । विपरीत धारमा बग्ने आँट गर्नुस् । चिल्लो अनुहार देखाउँदैमा कांग्रेस रूपान्तरण हुँदैन ।’
 

 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १५:५१
Weather Update