News Griha :: न्यूजगृह
गगन थापा भन्छन्– कांग्रेस बदल्न महामन्त्री पद त्याग गर्न पनि तयार छु

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताएका छन् । 

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘मैले पटकपटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ ।’

कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उनको भनाइ छ । उनले एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरू आज एकसाथ संकटमा पर्न गएको उल्लेख गरे । 

महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । 


 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १५:१२
Weather Update