News Griha :: न्यूजगृह
अर्थमन्त्री महतको दाबी : आम जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन् । 

शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट सङ्घीयता विरोधी पनि नभएको जिकिर गरे । 

धेरै आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याए । 

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी समेत गरे । राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरू बजेटमा उल्लेख गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:०५
Weather Update