News Griha :: न्यूजगृह
नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा उनले सरकारले विपन्नका लागि १० प्रतिशत शैय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरूले उपचार पाउने बताए । जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गर्दै सरकार नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको उनको भनाइ छ । 

‘विभिन्न कारणले स्वास्थ्य मन्त्रालयको बजेट कटौती भएको थियो । अझै २० प्रतिशत कटौती छ र पनि यो अप्ठ्यारो परिस्थितिमा जनताको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिदैनौँ । हामी जनताको उपचार जस्तोसुकै बेलामा पनि गर्नेछौँ,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १४:३४
Weather Update