News Griha :: न्यूजगृह
सन्दीपविरुद्ध बलात्कार मुद्दाको पेसी आज

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपबारे काठमाडौं जिल्ला अदालतले आज पेसी तोकेको छ ।

काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

त्यस्तै फागुन १५ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले लामिछानेलाई विदेशमा गएर प्रतियोगितामा भाग लिन कुनै अवरोध नगर्नु भन्ने आदेश दिएको थियो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.कुमार चुडालको संयुक्त इजलासले उच्च अदालतको सर्तसहितको धरौटीमा छाड्ने आदेशको प्रकरण २१ को ‘क’ बदर गर्दै अन्य विषय सदर गरेको थियो ।

यो पनि

पीडकलाई माला, पीडितलाई भाला
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:५७
Weather Update