चर्चा
नयाँ सरकार निर्माणबारे के भन्छन् अध्यक्ष ओली ?

चितवन— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् ।
भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् ।
अध्यक्ष ओलीले भने,‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार) मार्फत जानकारी पाइरहेका छौँ ।’
पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको ओलीले बताए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० २१:१५