थाहा पाउनुहोस् डलर, यूरो, रियाल, पाउण्डसहितको सटही मूल्य

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकले अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको जनाएको छ ।
यूरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०६:३२