News Griha :: न्यूजगृह
विनोद चौधरी भन्छन्– बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ

काठमाडौं— नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।

उनले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताए । उनले मन्त्रालयहरूले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए ।

उनले भने, ‘बजेटले अर्थतन्त्रलाई कसरी बढाउने ? पूँजीगत खर्चलाई कसरी कार्यान्वयनमा लिएर जाने ? निर्णायक भूमिका खेल्न सक्छ कि सक्दैन ? त्यतातिर ध्यान दिनुपर्छ । अबको जिम्मेवारी भनेको यो बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ । कार्यान्वयनमा लिएर जानुपर्छ । मानिसमा अब केही हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।’

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २१:२२
Weather Update