News Griha :: न्यूजगृह
असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गर्‍यौं : उपेन्द्र यादव

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाबाट बजेट पारित भएपछि  सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूहरुको असन्तुष्टिलाई कायम राखेर बजेट पारित गरेको बताएका हुन् ।

उनले आफूहरुले राखेको विषयमा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको स्पष्ट पारे ।

उनले भने,‘असन्तुष्टिलाई राख्दै बजेट पारित गरेका छौँ । सरकारले धेरै कुराहरु करेक्शन गर्ने अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो ।’

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २०:५४
Weather Update