News Griha :: न्यूजगृह
पक्राउ नगर्न सर्वोच्चबाट ‘स्टेअर्डर’ लिने १७ आरोपित को–को हुन् ?

काठमाडौं— ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्ने डरले १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका छन् । उनीहरूले २०७९ साउनमै सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका हुन् ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान कपाली र हूपेन्द्रमणि केसी (निरौला) लाई पक्राउ गरेको थियो । तर उनीहरू केही घण्टामै रिहा भए ।

स्टेअर्डर लिनेमा ६१ वर्षीय टिकाराम घिमिरे, ६० वर्षीय तेजराज पाण्डे, मुख्य विचौलिया रामप्रसाद सुवेदीका छोरा शंकरप्रसाद, ६२ वर्षीय मोहम्मद सविर हुसेन छन् ।

त्यस्तै ५२ वर्षीय बलिराम प्रसाद तेली, ६६ वर्षीय दिनेशप्रसाद शर्मा, ६४ वर्षीय लक्ष्मीनारायण उप्रेती, ५७ वर्षीय जयप्रसाद रेग्मी, ७२ वर्षीय हरिबोल आचार्यले पनि अदालतबाट स्टेअर्डर लिएका छन् ।

७२ वर्षीय टिकाबहादुर बीसी, ५५ वर्षीय श्रीहरि पुडासैनी, ५२ वर्षीय अङ्गुरकुमार सिग्देल, ६१ वर्षीय टंकनाथ पौडेल, ६२ वर्षीय केदारप्रसाद श्रेष्ठले सर्वोच्चबाट पक्राउ नगर्न भन्दै स्टेअर्डर लिएको खुलेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २०:२१
Weather Update