News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्— नेपाललाई प्याजमा आत्मनिर्भर बनाउन जरुरी छ 

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले प्याजमा आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए ।

उनले भने,‘मुलुक आलुमा आत्मनिर्भरतर्फ अघि बढ्दै गएको छ । प्याजमा पनि आत्मनिर्भरतर्फ जानैपर्छ । त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु र प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो ।’

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:२९
Weather Update