काठमाडौैं— एउटै माग संसदमा कति पटक उठाउन सकिन्छ ? माग पूरा नगराएसम्म । हालसालै एक जना सांसद जसले सामुदायिक विद्यालय कर्मचारीका माग पटक–पटक उठाउँदै आएकी छिन् ।
उनी हुन् जनता समाजवादी पार्टी, नेपाल (जसपा) की सांसद रेखा यादव । विद्यालय कर्मचारीले काठमाडौंमा आन्दोलन गरेको थाहा भएपछि सांसद यादवले संसद बैठकमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएकी हुन् ।
बुधबार (१३ असार) बसेको संसद् बैठकमा पनि उनले कर्मचारीका माग उठाउन छाडिनन् ।
सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्,‘अर्थ मन्त्रालय सुतेको होकी सुतेकोजस्तो नाटक गरेको हो ? माइतीघर मण्डलामा सामुदायिक विद्यालयका कर्मचारी २५ वर्षदेखि ६५ वर्ष उमेरको हुनुहुन्छ । उहाँहरू घामपानी नभनी धर्नामा बस्नुभएको छ । विद्यालय सहायक लेखापालको ३२ हजार नौ सय २ र विद्यालय सहयोगीको २४ हजार सात सय २ माग राखिएको थियो । गत भदौमा सम्झौता गरी शिक्षा मन्त्रालयले पास पनि गरेको थियो । उक्त बजेटलाई अर्थ मन्त्रालयले पारित गरेन । किन श्रमशोषण गर्न खोजेको हो ? के ती कर्मचारीहरूलाई नाङ्गो नाच नचाउन खोजिएको हो ? भोकै मार्न खोजेको हो ? होइन भने अर्थ मन्त्रालयले छिटोभन्दा छिटो बजेट निकासा गरोस् ।’
यो पनि पढ्नुहोस