निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने सरकारको धारणा बनिसकेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने बताएका छन् ।
बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनइसकेको बताए । उनले स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको पनि स्वीकार गरे ।
बिरामी नभएकाहरूलाई डकुमेन्ट बनाएर खर्च गराउने कुराको नियन्त्रण हुन जरुरी रहेको उनको भनाइ छ । उनले बीमा बोर्डलाई पनि चुस्त बनाउन नसकेको स्पष्ट पारे ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १८:१७