News Griha :: न्यूजगृह
स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी हुँदैन : स्वास्थ्यसचिव पोखरेल

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी बनाउन कठिन हुने बताएका छन् । 

बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले बीमा स्वायत्त हो कि स्वास्थ्य मन्त्रालयअन्तर्गतको भन्ने कुरा सरकारले स्पष्ट रूपमा भन्न आवश्यक रहेको बताए । 

३५ सय रुपैयाँ तिरेर एउटा मानिसको बीमा गर्दा राज्यले कति वर्ष धान्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ । उनले बीमामा औषधिको समस्या रहेको उल्लेख गरे । एक हजार ५८ वटा औषधि बीमामा आबद्ध रहेको पनि बताए । सरकारले बीमामा आफ्नै कर्मचारी नदिएसम्म काम गर्न कठिन हुने अवस्था रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:१०
Weather Update