राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज

काठमाडौं— एघार दिनको उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निवास फर्केका छन् ।
बुधबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति सार्वजनिक गर्दै उनी डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको जानकारी दिएको हो ।
राष्ट्रपतिको कार्यालयका अनुसार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको छातीमा पेस मेकर राखिएको थियो ।
चिकित्सकहरूका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १७:५६