
काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजस्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उनले मुलुकमा अब प्रगतिशील कर प्रणाली लागु गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘मुलुकमा प्रगतिशिल कर लागू गर्नुपर्छ । एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक हुन्छ । तर, देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै हुन्छ । प्रगतिशील कर प्रणाली नहुँदाको परिणाम हो । देशलाई आर्थिक रूपले सवल बनाउन जरुरी छ,’ उनले भने ।
उनले सरकारको राजस्वको स्रोत सवारी आयात, मदिरा आयात, मदिरा उत्पादनमा अन्तःशुल्क, जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभकर स्रोत भरपर्दो नभएको बताए । सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिइ देशलाई आत्मनिर्भर बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सरकारको राजस्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो होइन । सरकारले कृषि उद्योग र उत्पादनलाई जोड र्दि देशलाई आत्मनिर्भर बनाउनुपर्छ । राजश्व र करको भरमा देश चल्दैन ।
‘मुलुकमा प्रगतिशिल कर लागू गर्नुपर्छ । एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक हुन्छ । तर, देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै हुन्छ । प्रगतिशील कर प्रणाली नहुँदाको परिणाम हो । देशलाई आर्थिक रूपले सवल बनाउन जरुरी छ,’ उनले भने ।