निःशुल्क स्वास्थ्य सेवा दिन नसकेकोप्रति स्वास्थ्यमन्त्री नै असन्तुष्ट

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबैको स्वास्थ्यउपचार निःशुल्क गर्ने जिम्मा लिने संवैधानिक व्यवस्था व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधि सभातर्फ दिगो विकास समितिको बैठकमा उनले निःशुल्क उपचार गर्ने जिम्मा लिने संवैधानिक व्यवस्था व्यवहारमा लागु हुन नसक्दा गरिब र बेवारिसेहरू मारमा परेको बताए ।
उनले मार परेका वर्गहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सरकारले आवश्यक काम थालेको बताए ।
मन्त्री बस्नेतले संसारभरि नै मानसिक रोग गम्भीर रूपमा आएको भन्दै दीर्घकालीन समाधानका लागि कार्ययोजना बनाउन आवश्यक रहेको बताए ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १५:३५