News Griha :: न्यूजगृह
पशुपतिनाथमा जलहरी पुनर्स्थापना गरिँदै, भक्तजनलाई दर्शनको व्यवस्था 

काठमाडौं— पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी पुनर्स्थापना गर्न लागिएको हो ।

जलहरी पुनर्स्थापना गर्दा भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

यसअघि जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा सुनको मात्र ठिक भए नभएको अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:१७
Weather Update