News Griha :: न्यूजगृह
जलहरी प्रकरण : योगेश भन्छन्– राष्ट्रपति, प्रधानमन्त्री, संस्कृतिमन्त्रीसहितकाे समिति बनाएर छानबिन गराैं

काठमाडौं— नेकपा एमालेका सांसद योगेश भट्टराईले जलहरी प्रकरणको राष्ट्रपति, प्रधानमन्त्री र संस्कृतिमन्त्रीसहितको समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

जलहरी प्रकरणमा संसदीय समितिले छानबिन गर्नुपर्ने माग उठेको भन्दै उनले राष्ट्रपतिको संयोजकत्वमा प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहितको तीन सदस्य संसदीय छानबिन समिति बनाएर छानबिन गर्न आग्रह गरे ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पशुपतिनाथ मन्दिरको जलहरीमा नाम नलेखिएको दाबी गर्दै ताम्रपत्रमा नाम लेख्नु सामान्य विषय भएको बताए ।

 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १९:०१
Weather Update