माओवादी सांसद पौडेल भन्छन्– बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेट संसदबाट पारित नभए सत्ता गठबन्धनमा नैतिक प्रश्न उठ्ने बताएका छन् ।
मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले जसरी भए पनि बजेट पास गर्ने बताए ।
उनले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकामान्तर गरेर भए पनि बजेट पास गर्नुको विकल्प नभएको बताए ।
उनले भने,‘सरकारले बजेट पास नगर्दा नैतिक दबाब पर्छ । गठबन्धनले बजेट पास गर्छ । प्रश्न उठेका ठाउँमा सरकारले सम्भवभएसम्म कानुनी रुपले बजेटलाई सच्याएर पास भएर अघि बढ्छ । बजेट संशोधन हुँदैन भन्ने कुरा होइन ।’
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १८:२६