News Griha :: न्यूजगृह
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं— ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । बिहान मात्र सीआईबीको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।

गुरुङ पक्राउ परेको केही समयपछि मंगलबार नै सीआईबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो । 

सीआईबीका अनुसार ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फेरि सुरु भएको हो । सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेपछि पुनः अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । ४५ जनालाई पक्राउ गर्ने तयारी सीआईबीको छ ।

सीआईबीले करिब तीन वर्ष लगाएर ललिता निवास प्रकरणको अनुसन्धान गरि रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर सर्वोच्च अदालतको आदेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले बालुवाटार जग्गा प्रकरणमा ठगी तथा कीर्तेमा मुद्दा चल्न नसक्ने भनी सरकारी वकिलको कार्यालयबाट फाइल सीआईबीलाई नै फिर्ता गरेको थियो । 

शाहले पत्नी उर्मिलाको नाममा ललिता निवासको एक रोपनी ११ आना जग्गा नामसारी गराएको आरोप छ ।  

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:१३
Weather Update