News Griha :: न्यूजगृह
कति पुग्यो डलर र यूरोको मूल्य ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको भनाइमा यूरो एकको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०६:२३
Weather Update