News Griha :: न्यूजगृह
सुरक्षा नभए वित्तीय संस्थाहरू बन्द हुन्छन् : संघ

काठमाडौं— नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा माग गरेकाे छ ।

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुरक्षा नभए वित्तीय संस्थाहरू बन्द गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्सालले लघुवित्त वित्तीय संस्थाहरूमाथि भएको अराजक गतिविधिमा सरकारले सुरक्षा दिन नसकेको बताए ।

लगानी असुरक्षित रहेको बताउँदै उनले सुरक्षा व्यवस्था नभए वित्तीय कारोबार सञ्चालन गर्न नसक्ने बताए ।

संघका महासचिव रामबहादुर यादवले अहिलेकै अवस्था रहे लघुवित्त संस्थाहरूलाई कसैले बन्द गर्न नपर्ने र आफैं बन्द हुने अवस्थामा पुग्ने बताए ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:२७
Weather Update