News Griha :: न्यूजगृह
बजेट पास हुन्छ, संशोधन हुँदैन : अर्थमन्त्री महत 

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ । विधिभित्र रहेर काम गर्नेछौँ ।’

आफूले बजेट ल्याउँदा सीमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले आजको वास्तविकतामा बजेट आएको बताए । 

उनले बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको उल्लेख गरे । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:५६
Weather Update