News Griha :: न्यूजगृह
सोमबार कति छ तरकारी र फलफूलको मूल्य ? 

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्याज सुकेको ४४ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ८०, तने बोडी १००, मकै बोडी ८०, घिउ सिमी लोकल ८०, राजमा सिमी ८०, भटमासकोशा ९०, मटरकोशा १८०, तितो करेला ६०, लौका ७०, परवल लोकल ६०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ३०, घिरौंला ६०, भिण्डी ९०, स्कूस ५०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २००, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

तोरीको साग ४० हरियो लसुन ११०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ ८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

तरबुजा हरियो ८०, मलदह आँप ६०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ११० र लिची लोकल १२०, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०८:१६
Weather Update