News Griha :: न्यूजगृह
 यी दुई हाइड्रोको आईपीओ निष्कासन हुँदै

काठमाडौं— नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ ।

बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

मनकामना इन्जिनियरिङले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार ५ गते अनुमति पाएको हो । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो ।

कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्ने छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०६:०९
Weather Update