News Griha :: न्यूजगृह
विराटनगर महानगरले ल्यायो तीन अर्ब बढी बजेट

काठमाडौं— विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औँ नगर सभामा आइतबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ तीन करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षातर्फ ६७ करो ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ तीन करोड पाँच लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ दुई करोड ७२ लाख विनियोजन गरिएको छ ।

आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, वहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि  ६५ करोड, आरयुडिपीबाट निर्माण भएका पिच सडकहरु समेत गरी मर्मतसम्भार १० करोड, सडक बत्तीतर्फ एक करोड ५३ लाख ७५ हजार अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहर पानी प्रशोधन केन्द्र दुई करोड ६५ लाख र समपुर कोषका लागि दुई करोड विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ रु चार करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजस्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ  १० करोड, अन्य सङ्घसंस्थातर्फ तीन करोड र नगद मौज्दातबापत दुई करोड आय हुने अनुमान बजेटमा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:११
Weather Update