News Griha :: न्यूजगृह
भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

भरतपुर— भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट प्रस्तुत गरेको छ ।

महानगरको १३औँ नगर सभामा नगर उपप्रमुख चित्रसेन अधिकारीले सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

भरतपुर महानगरको आन्तरिक आयतर्फ एक अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरबाट एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बाग्मती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौजाद एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट तीन करोड रहने प्रक्षेपण गरिएको छ ।

अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित  एक अर्ब १० करोड रहने प्रक्षेपण गरिएको अधिकारीले नगर सभामा जानकारी दिए ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एकमुष्ट एक अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:०४
Weather Update