
काठमाडौं— नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले आफ्नो क्षेत्रमा बजेट धेरै लैजान मन्त्री नै हुनेपर्ने रहेछ बताएका छन् ।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीसँग पाण्डेले सत्तापक्षको भए पनि सरकारले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएकाले बजेट कुनै पनि हालतमा पास गर्न नसकिने बताए ।
उनले संसदबाट बजेट पास हुन १३८ सांसद आवश्यक रहेको भन्दै यथास्थितिमा बजेट पास गरे १३८ सांसद नपुग्ने बताए ।
उनले भने,‘१३८ सांसद भएन भने सरकारले ल्याएको बजेट पास हुँदैन । बजेट पास गर्ने बेलामा सांसद तर १३८ जना सांसदले सरकारका कुन मन्त्रीले सांसदहरुसँग भेटेर समस्या के छ भनेर सोधेको कुनै रेकर्ड छैन । बजेट दौडधुप हुने रहेछ । प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ ।’
उनले प्रधानमन्त्रीको क्षेत्रमा ५५ करोड,पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने तर अन्य सांसदहरुको क्षेत्रमा बजेट कम जाने प्रवृत्तिको अन्त्य गर्न पनि बजेट पास गर्न दिन नहुने बताए ।