सत्ता गठबन्धनमा सहमति बनेपछि बजेट पारित हुन्छ : माधव सापकोटा
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन् ।
आइतबार संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै सापकोटाले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिबद्धता जनाइसकेकाले बजेट पास हुने बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनै पनि विकल्प नरहेको बताए ।
उनले भने,‘सत्ता गठबन्धनमा सहमति बनेपछि बजेट पास हुनेछ । अर्थमान्त्रीज्यूले बजे संशोधन गर्छु र उठेका सवाल सुधारेर जान्छु, भन्नुभएको छ । प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन । नेपाली कांग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन । नेपाली कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन ।’
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १८:३२