News Griha :: न्यूजगृह
सीएनआई अध्यक्षमा राजेशकुमार अग्रवाल

काठमाडौं— नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । 

शनिबार राजधानीमा आयोजित परिसंघको २०औँ वार्षिक साधारण सभाले अग्रवाललाई सीएनआईको अध्यक्षमा चयन गरेको हो । 

सात उपाध्यक्षमा निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोरर, भीम घिमिरे निर्वाचित भएका छन् । 

परिसंघको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल स्वतः अध्यक्षमा चयन भएका हुन् । नवनिर्वाचित अग्रवाललाई निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले शपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:४९
Weather Update