News Griha :: न्यूजगृह

काठमाडौं—  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

केही दिनअघि मेयर साहले उच्च अदालतको आलोचना गरेका थिए । 

अधिवक्ता वर्षाकुमारी झाले मेयर साहलाई अदालतको अवहेलनामा कारवाही गर्न माग गर्दै निवेदन दिएकी हुन्  । उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा पेशी तोकिएको छ ।

इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रूप लिनेछ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:१०
Weather Update