
काठमाडौं— नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले विमान खरिद कार्यलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
धेरै सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि विमान खरिदको कामलाई सरकारले हिम्मतका साथ अघि बढाउनुपर्ने उनले बताए ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै नेता खड्काले विमान खरिद हुन नदिनका लागि अदालतमा मुद्दा हाल्नेलगायतका लफडा हुने भए पनि सरकारले पारदर्शी रुपमा सो प्रक्रियालाई अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।
उनले हवाई उडानका लागि आईकाओले लगाएको प्रतिबन्ध फुकुवा गर्ने कामलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।