News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्–करको दर हेरफेर गर्दा कसैको मुख हेरेको छैन

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गरेका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघको २०औं साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए ।

विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको उनकाे भनाइ छ । डा.महतले देशको हीतलाई हेरेर  करका दर हेरफेर गरिएको बताए ।

‘करको दर हेरफेर गर्दा मैले कसैको मुख हेरेको छैन । व्यवसायी सबैलाई थाहा छ । करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो उहाँहरु रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेका छौं,’अर्थमन्त्री डा.महतले भने,‘महालेखापरीक्षकको सुझाव अनुसार हामीले एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको हो । नयाँ कर थपेको हाेइन ।’

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:२९
Weather Update