News Griha :: न्यूजगृह
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित 

काठमाडौं— काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

यही असार ६ गते नगर सभामा पेश भएको नीति तथा कार्यक्रम शुक्रबार बसेको १३औं अधिवेशनको दोस्रो बैठकले पारित गरेको हो ।

अधिवेशनको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आगामी वर्षका लागि ११ बुँदामा नीति र एक सय २५ बुँदामा कार्यनीति पेश गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:१४
Weather Update