
काठमाडौं— नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।
शुक्रबार परिसंघको २०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले चुनौतीपूर्व अर्थतन्त्रकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले मौद्रिक नीति लगानीमैत्री र खुकुलो नभए ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउन माग गरे ।
आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धि ७३ बुँदा सफल कार्यान्वयनक हुन आवश्यक रहेको उनले बताए ।
‘वर्तमान अर्थतन्त्रका चुनौतीकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नु पर्ने छ । यसको लागि खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक छ । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउन आग्रह गर्दछु,’उनले भने,‘आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धि ७३ बुँदा सफल कार्यान्वयनको लागि स्पष्ट मार्गचित्र सहितको बजेट वाच पुस्तिका तयार पारेका छौं । आर्थिक संवाहककको निजी क्षेत्रले सरकारलाई सधैं सहकार्य गर्दै आएको छ ।’
लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना रहेको उनले बताए ।