News Griha :: न्यूजगृह
सरकार डिजिटल नेपाल निर्माणमा प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकाले डिजिटल नेपाल निर्माणका लागि आवश्यक पूर्वाधार विकासमा काम गरिरहेको बताएका छन् । 

काठमाडौंमा आयोजित हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ मा प्रधानमन्त्री प्रचण्डले डिजिटल पूर्वाधार विकास मार्फत राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको दाबी गरे ।

‘डिजिटल डिभाइडलाई कम गर्ने र डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय हो । तर, पनि नेपालको भौगोलिक अवस्था, श्रोतसाधनको कमी, दक्ष जनशक्तिको अभाव तथा कतिपय नीतिगत कठिनाइले सोचेअनुरूप विकास हुन नसकेको यथार्थ हाम्रासामु छ,’ उनले भने, ‘हाम्रो अपेक्षा र सोच आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्तै जस्तै द्रूत भए पनि स्रोतसाधन, संरचना र कार्यशैली भने त्यस अनुरुप छैनन् । यसतर्फ विशेष ध्यान दिएर राष्ट्रलाई डिजिटल सक्षमतातर्फ विकास गर्नु जरुरी छ ।’

पछिल्लो समयमा आईसीटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु सबल पक्ष रहेको उल्लेख गरेका प्रधानमन्त्रीले सफ्टवेयरका क्षेत्रमा परनिर्भरताको अन्त्य गर्ने सम्भावनाको ढोका खुल्दै गएको दाबी गरे । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ११:४१
Weather Update