News Griha :: न्यूजगृह
ईसेवाले सुरु गर्‍यो एटीएम सेवा 

काठमाडौं— ईसेवाले एटीएम सेवा सुरु गरेको छ । बुधबारदेखि ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो ।

यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएमबाट बिनासेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् ।

कम्पनीका अनुसार एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन ।

प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्ने व्यवस्था मिलाइएको इसेवाले जनाएको छ ।

यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्थ्यो । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २०:२९
Weather Update