News Griha :: न्यूजगृह
‘टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच’ 

काठमाडौं— टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच रहेको स्वीकार गरेका छन् ।

अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारी सिईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकको पहुँच रहेको स्वीकार गरेका हुन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाइका लागि टिकटकका सिईओलाई बोलाइएको थियो ।

सिंगापुरका नागरिकसमेत रहेका उनले स्वीकार गर्दै भने, ‘हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिक छन् । त्यसैले हो चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच रहेको छ ।’

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका बेला उनको यस्तो बयान आएको हो । उनको जवाफबाट अमेरिकी प्रतिनिधि विश्वस्त हुन भने अझै सकेका छैनन् ।

सुनुवाइका क्रममा टिकटकको डेटामा चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको समेत पहुँच रहेको अमेरिकी प्रतिनिधिले आरोप लगाएका थिए तर उनले जवाफमा आफूले कम्पनीको जिम्मेवारी सम्हालेदेखि चिनियाँ कम्युनिस्ट पार्टीका कुनै पनि प्रतिनिधिले आफूसँग सम्पर्क नगरेको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०६:१७
Weather Update