नेप्से परिसूचक ४.७५ अङ्कले उकालो लाग्यो

काठमाडौं— शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।
नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।
बिहीबार कूल ८० लाख ८ हजार २४६ कित्ता शेयर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँमा कारोबार भए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १६:५३