मलको विषयमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ : कृषिमन्त्री

काठमाडौं— कृषिमन्त्री बेदुराम भुसालले मलको आयात र वितरणलाई अति आवश्यक विषयको रुपमा सम्बोधन गरिर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले किसानको लागि मल अति आवश्यक भएको भन्दै यसलाई प्राथमिकताको विषय बनाउन सरकार र स्थानीय निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।
उनले भने,‘कृषि ऐन नै छैन । कृषि ऐनको प्रारम्भिक मस्यौदाको विषयमा छलफल चल्दै छ । अहिले मल अति आवश्यक छ । त्यसैले यो मलको आयात र वितरणलाई अति आवश्यकमा राख्नुपर्छ । यसमा स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्छ । तीन तहको सरकार, संघीयताको सरकारमा जाने अनि जिम्मेवारी त सबै सरकारले लिनुपर्छ ।’
उनले कृषि क्षेत्रमा नयाँ प्रविधिको विकास र अनुसन्धान आवश्यक भएको बताए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १५:४५